(१) निजामती कर्मचारीले हरेक वर्ष श्रावण महिनामा आफूले पाउने तलबबाट स्वेच्छिक रुपमा कम्तीमा एक सय रुपैयाँ कोषमा योगदान गर्न
सक्नेछ ।
(२) उपनियम (१) बमोजिम केन्द्रीय स्तरका कार्यालयमा जम्मा भएको रकम नियम ३ को उपनियम (४) बमोजिमको खातामा जम्मा गरिनेछ ।
(३) उपनियम (१) बमोजिम जिल्लास्तरका कार्यालयहरूमा जम्मा भएको रकम सम्बन्धित जिल्ला समितिले तोकेको बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजत प्राप्त “क” वर्गको बैंकमा ननअपरेटिङ खाता खोली राख्नु पर्नेेछ ।
(४) सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयले उपनियम (२) वा (३) बमोजिम जम्मा भएको रकम कोषको नियम ३ को उपनियम (४) बमोजिमको खातामा जम्मा गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउनेछ ।
(५) उपनियम (४) बमोजिम जम्मा हुने रकमको विवरण केन्द्रीय निकायले केन्द्रीय समिति र जिल्लास्थित कार्यालयले सम्बन्धित जिल्ला समितिलाई दिनु पर्नेछ ।